
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीका अनुसार जनप्रतिनिधिमा कोरोना देखिएको हो । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ, अहिले निवासमै आइसोलेसनमा हुनुहुन्छ’ उनले भने, ‘अब कहाँ लैजाने भन्ने सम्बन्धमा हामी छलफल गर्दैछौं ।’
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार जनप्रतिनिधिको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भइसकेको छ । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । त्यसमध्ये एक जना भने क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । दुबै जनाको स्वास्थ्य भने सामान्य रहेको पन्थीले जानकारी दिए ।
यसअघि गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा दुई जनामा कोरोना देखिएको थियो । त्यसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति दाङका वासिन्दा भए गुल्मीमा काम गर्ने कर्मचारी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्