×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीमा जेठ १ गतेखि ५ गतेसम्म सबै नाका बन्द, जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो निर्णय (सूचनासहित)

PRIME CA
GLOBAL IME BANK

गुल्मीमा जेठ १ गतेखि ५ गतेसम्म सबै नाका बन्द, जिल्ला प्रशासन कार्यालयले गर्यो यस्तो निर्णय (सूचनासहित)

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन र जिल्ला सुरक्षा समिति गुल्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो । 
बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३०, संक्रामक रोग ऐन, २०२० को दफा २९२० तथा नेपाल सरकार मन्त्रिपरिषदको वैशाख २४ गते बसेको बैठकको निर्णय नम्बर ६ बमोजिम सो निर्णय गरेको जनाइएको छ । बैठकले निर्णय लागू भएको दिनदेखि अन्तिमसम्म एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत, सञ्चार, खानेपानी, औषधी र इन्धनका सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधनहरुको आवगमन पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक खाद्यान्न सामाग्री किनबेचका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । तर अस्पताल, स्वास्थ्य संस्था, औषधी पसलहरु र पेट्रोल पम्प भने २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । उल्लेखित शर्तहरु पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत बैठकले निर्णय गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: