×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गुल्मीका संक्रमितको मृत्यु भएको छैन्, अवस्था गम्भीर छ’ : क्रिमसन अस्पताल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘गुल्मीका संक्रमितको मृत्यु भएको छैन्, अवस्था गम्भीर छ’ : क्रिमसन अस्पताल

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
बुटवल । गुल्मीका संक्रमित पुरुषको मृत्यु नभएको क्रिमसन अस्पतालले जनाएको छ । गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि अस्पतालले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । आधिकारिक हस्ताक्षर बिनै निकालिएको विज्ञप्तिमा मृत्युको हल्ला गलत भन्दै गम्भीर अवस्थाका विरामीको आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।
बुटवलस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर रहेको र भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ । यता अस्तालका सञ्चालक दुर्गा पाण्डेले पनि उनको मृत्यु नभएको दावी गरेका छन् । स्वास्थ्य मन्त्रालयका आधिकारीक धारणा  भने  आउन बाँकी छ ।

क्षमायाचनासहित भूल सुधार-
कोरोना भाइरस संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले बताएका आधारमा हामीले प्रकाशित गरेका थियौं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचनासहित उक्त समाचारको कन्टेन्ट हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं । -अर्थ सरोकार डटकम

अस्पतालको विज्ञप्ति :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी