×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीका मृतकको उपचारमा संलग्न रहेका दश जनाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट !

PRIME CA

गुल्मीका मृतकको उपचारमा संलग्न रहेका दश जनाको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट !

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

बेलबारी
  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोनाका कारण मृत्यु भएका गुल्मीका पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । अर्घाखाँंची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते दुई घण्टा रहेर चेकजांच गराएको उक्त पोलिक्लिनिकका दशजना स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गरिएको थियो । जेठ २ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको परीक्षणको रिपोर्ट बिहीबार नेगेटिभ आएको  हो । 
छाया पोलिक्लिनिकबाट रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएका उनको उपचारमा संलग्न डाक्टर, नर्स र तीनजना आफन्तसहित २९ जनामध्ये रिपोर्ट आएका जति सबैको नेगेटिभ रिपोर्ट आएको छ भने केहीको रिपोर्ट आउन बाँकी रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: