×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत्यु भएको ३१ घण्टापछि नेपाली सेनाको टोलीले यसरी उठायो गुल्मीका कोरोना संक्रमितको शव…

PRIME CA

मृत्यु भएको ३१ घण्टापछि नेपाली सेनाको टोलीले यसरी उठायो गुल्मीका कोरोना संक्रमितको शव…

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना भाइरसका कारण ज्यान गुमाएका गुल्मी मदानेका पुरुषको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शव शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको हो ।
अस्पतालको आईसीयू कक्षमा रहेको उनको शव निकालेर र्‍यापिङ गरी शव वाहनमा राखेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले अन्यत्र लगेको हो । मृत्यु भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । 
मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शब व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने उनले बताए । 
जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: