×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीमा हावाहुरीले क्वारेन्टाइन उडाएपछि मानिसहरुको बिजोग, व्यवस्थापनमा झनै समस्या !

अर्थ सरोकार

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार

PRIME CA

गुल्मीमा हावाहुरीले क्वारेन्टाइन उडाएपछि मानिसहरुको बिजोग, व्यवस्थापनमा झनै समस्या !

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।
विद्यालय क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक बाबुराम पन्थीले बुधबार दिउँसो आएको हावाहुरीले विद्यालयको तीनकोठे भवनको छाना उडाएपछि नागरिकलाई क्वारेन्टाइनमा राख्न समस्या भएको बताए । उनीहरूका लागि ल्याइएका बिस्तारासमेत पानीले भिजेकाले थप समस्या भएको छ । हावाहुरीसँगै आएको पानीले विद्यालयका महत्वपूर्ण कागजपत्र, बाल विकासका सामग्री, खेलौनालगायतमा क्षति पु¥याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: