काठमाडौँ । देशभरका विद्यालयलाई दिवा खाजा उपलब्ध गराउन सरकारले ७ अर्व ५२ करोड रकम बिनियोजन गरेको छ । नयाँ आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
यो कार्यक्रमले बालबालिकाहरुको स्कुल जाने संख्या बढ्ने अनुमान गरिएको छ ।