×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका कारण विश्वभर हवाई दुर्घटना र मानवीय क्षतिमा कमी

LAXMI SUNRISE BANK

लकडाउनका कारण विश्वभर हवाई दुर्घटना र मानवीय क्षतिमा कमी

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाका कारण विश्वभर व्यापारिक तथा व्यवसायिक हवाई उडानमा व्यापक घटौती भएको छ । यसको प्रभावले हवाई दुर्घटना र मानवीय क्षतिमा समेत उल्लेख्य कमी आएको छ । का अनुसार सन् २०२० को ५ महिनाको अवधिमा व्यवसायिक उडानका यात्रुबाहक जहाज दुर्घटनाको संख्या १८ रहेको छ । यो संख्या सन् २०१९ को यसै अवधिको तुलनामा १६ दुर्घटना कम हो ।
यस अवधिमा भएका दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । यसमा सबैभन्दा ठूलो मानवीय क्षति जनवरी ८ मा इरानमा भएको युक्रेन एयरको दुर्घटना हो । यस दुर्घटनामा मात्र १ सय ७६ जनाको ज्यान गएको थियो । आईकाआले निजी जहाज तथा हेलिकोप्टर दुर्घटनाको भने रेकर्ड राख्दैन ।
सन् २०२० मा भएको मानवीय क्षति समेत सन् २०१९ को तुलनामा कम हो । गत वर्ष यसै अवधिमा २ सय १ जना मानिसको ज्यान गएको थियो । संसारका २ सय १५ भन्दा बढी मुलुकमा फैलिएको यस भाइरसको संक्रमण रोक्ने उद्देश्यले ९० भन्दा बढी मुलुकमा अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रतिवन्धमा छ ।
यसभित्र नेपाल पनि पर्छ । अन्य मुलुकमा समेत यात्रुहरुलाई विभिन्न प्रकारको प्रतिवन्ध कायम छ । जसले गर्दा व्यवसायिक हवाई उडानमा उल्लेख्य कमी आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी