Skip to content
LAXMI SUNRISE BANK

कोरोना जित्नेको संख्या १०५ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १०५ पुगेको छ । आइतबार वीरगञ्जका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै कोरोना जित्नेको संख्या १०५ पुगेको हो । 
आइतबार डिस्चार्ज हुनेमा वीरगन्ज-३, छपकैयाको एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष गरी १८ जना रहेका छन् ।
यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उहाँको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK