×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

LAXMI SUNRISE BANK

सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली सेनाले चीनबाट थप स्वास्थ्य सामग्री ल्याएको छ । नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
बुधबार चीनको ग्वान्झाउ पुगेको नेपाल एयरलाइन्सको वाइडवडी जहाजबाट नेपाली सेनाले १४ टन स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ ।
३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए । बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउने उनले बताए ।
यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।
ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।
जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी