- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । कन्ट्याक ट्रेसिङमा गएका महाशाखाका कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणको नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना परीक्षण गर्ने भएको हो ।
स्वास्थ्य सेवा विभागको निर्देशक महेन्द्र श्रेष्ठका अनुसार ती कर्मचारीलाई क्वारेण्टाइनमा राखिनेछ। काममा खटिएका कर्मचारीलाई राख्नका लागि होटलको खोजी गरिरहेको समेत उनले बताए।
संक्रमित भनिएका चिकित्सक १ दिनअघि स्वास्थ्य मन्त्रालयको गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका थिए। सोही कारण मन्त्रालय नियमित पुग्ने कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।
‘हाम्रो गाइडलाइनअनुसार नै फिल्डमा खटिएका कर्मचारीको पीसीआर जाँच गर्ने हो,’ श्रेष्ठले भने, ‘रिपोर्ट नआउन्जेल उहाँहरुलाई कुनै होटलमा क्वारेण्टाइनमा राख्ने सोच बनाएका छौं ।’
विभागका निर्देशक श्रेष्ठको अनुसार परीक्षणको रिपोर्ट पोजेटिभ आएमा उपचारका लागि अस्पताल पठाइने र रिपोर्ट नेगेटिभ आए १४ दिनसम्म घरमै सेल्फ क्वारेण्टाइनमा राख्ने तयारी गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्