×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौँडा औद्योगीक क्षेत्रका उद्योगहरु खुल्न थाले, जनशक्ति अभावले सञ्चालनमा कठिनाइ

LAXMI SUNRISE BANK

हेटौँडा औद्योगीक क्षेत्रका उद्योगहरु खुल्न थाले, जनशक्ति अभावले सञ्चालनमा कठिनाइ

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग सञ्चालनमा आउन थालेका छन् । औद्योगीक क्षत्रमा रहेका २५ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ वटा र अन्य १० वटा उद्योगमा सामाजिक दूरी कायम गरि उत्पादन सुरु भएको हो ।
हेटौँडा औद्योगिक क्षेत्रका अनुसार कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । उद्योगहरु सुरक्षा विधि अपनाएर सञ्चालन भइरहेका छन् । उद्योग सञ्चालनका लागि जनशक्तिको पनि अभाव रहेको छ । 
औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्योग सञ्चालनमा कठिनाइ भइरेको छ । लकडाउनभन्दा अगाडी औद्योगिक क्षेत्रमा रहेका १०८ वटा चलिरहेका भए पनि अहिले २५ वटा मात्रै उद्योग सञ्चालन भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी