×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकद्वारा हिमालयन बैंक लिमिटेडमाथि कारवाही, शंकास्पद कारोबारको विवरण लुकाएको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हिमालयन बैंक लिमिटेड कारवाहीमा परेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको हो । बैंकले सम्पति शुद्धिकरण नियमावली २०७३को निर्देशन पालना नगरेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको हो । 
राष्ट्र बैंकले हिमालयन बैंकलाई २० लाख रुपैयाँ जरिवानाको कारवाही गरेको हो । शंकास्पद कारोबारको जानकारी समयमा नदिएको निष्कर्ष निकाल्दै हिमालयन बैंकमाथि कारवाही भएको हो । सम्पति शुद्दिकरण सम्बन्धि निर्देशन अनुपालन नगरेमा १० लाख देखि ५ करोड सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 
बैंकको लापरवाहीले हद नाघेको भन्दै ठुलै रकम जरिवाना गराउन खोजिएपनि राष्ट्र बैंकमा आएको दबाबका कारण कम जरिवाना गर्नुपरेको राष्ट्र बैंक स्रोतको दाबी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: