×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको तेस्रो त्रैमास : खुद बीमाशुल्क घटेपछि नाफा पनि प्रभावित…(विवरणसहित)

LAXMI SUNRISE BANK

हिमालयन जनरल इन्स्योरेन्सको तेस्रो त्रैमास : खुद बीमाशुल्क घटेपछि नाफा पनि प्रभावित…(विवरणसहित)

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  इन्स्योरेन्सले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिमा इन्स्योरेन्सको खुद नाफा ९.९३ प्रतिशतले घटेर ११ करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा भने इन्स्योरेन्सले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३ करोड ५९ लाख रुपैयाँले घटेर १८ करोड ५१ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ५३ करोड ३० लाख रुपैयाँ  छ । चुक्ता पूँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वर्षिक १४ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३० पैसा रहेको छ । 
यस अवधिमा इन्स्योरेन्सले ४२ हजार १९९ वटा बीमालेख जारी गरी ८६ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी