
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो । बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्