
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि देशभर सार्वजनिक विदा हुने भएको छ । २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना जारी गर्दै बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका छन्।
