काठमाडौँ । सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट व्यवस्था गरिएको बताएका हुन् ।
यस्तै, सरकारले निरोगी नेपाल अघि बढाउन सन्तुलित आहर स्वस्थ्य जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्न व्यामशाला योग केन्द्र चलाउने भएको छ। यसैगरी, सरकारले राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ ।