×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियमित सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन !

GLOBAL IME BANK
SHREE KESH

नियमित सेवा सञ्चालन गर्न अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन !

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा सुचारु गर्न निर्देशन दिएको छ । आइतबार परिपत्र जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 
सरकारको निर्देशनपछि सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्‍चित हुनु परेको भन्दै मन्त्रालयले सेवा सुचारु गर्न भनेको छ । यस्तै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सावधानीसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न परिपत्रमा भनिएको छ। मन्त्रालयको परिपत्र संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, मेडिक कलेज, विज्ञान प्रतिष्ठान अन्तर्गका शिक्षण अस्पतालहरुमा लागू हुनेछ । यस्तै, प्रदेश अन्तर्गत सञ्चालित, स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालमा पनि लागू हुनेछ। 
स्वास्थ्य आपतकालीन सञ्‍चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा ओपिडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन पनि आग्रह गरेका छन् । डा. लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नुपर्ने पनि बताएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: