×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल संघको निर्णय : ‘सरकारले सहयोग नगरे ६ महिनापछि श्रमिक कटौती गर्छौं’

LAXMI SUNRISE BANK

होटल संघको निर्णय : ‘सरकारले सहयोग नगरे ६ महिनापछि श्रमिक कटौती गर्छौं’

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपालको होटल क्षेत्रमा झण्डै ११ लाख कर्मचारी तथा श्रमिकहरु कार्यरत छन् । लकडाउनका कारण होटल व्यवसाय नै बन्द हुँदा श्रमिकहरुको पारिश्रमिकका साथसाथै रोजगारीसमेत संकटमा पर्ने देखिएको छ ।
होटेल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले सरकारले सहयोग नगरे ६ महीनामा परिस्थितिको समिक्षा गरी व्यवसाय बन्द गर्ने र श्रम ऐन २०७४ अनुसारको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्ने निर्णय गरेको छ ।
हानका महासचिव साजन शाक्यले यस्तो जानकारी दिएका छन् । लकडाउनका कारण होटल व्यवसाय ठप्प भएपछि ६ महीनाका लागि सबै होटलहरु बन्द गर्ने निर्णय गरेको हानले बिहीवार आधिकारीक धारणा सार्वजनिक गरेको छ ।
६ महीनाको अवधिमा पर्यटकहरुको आगमन शुन्य हुने र सञ्चालन गर्दा खर्च धान्न नसकिने भएकोले पोखरा, चितवन, भैरहवा, नेपालगञ्जमा रहेका हान च्याप्टरहरुको सल्लाह सुझावअनुसार यस्तो निर्णय गरिएको हो । 
उनले हानसँग सदस्यता लिएका ३ हजार ५०० होटलहरु ६ महीनासम्म बन्द गरिने निर्णय गरिएको बताए । यसैगरी होटलहरुमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाइ हुने देखिएको जारी विज्ञप्तिमा उल्लेख छ । 
कर्मचारीहरुको आधारभुत तलबमानको १२ दशमलव ५ प्रतिशतले हुन आउने रकम प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्कवापतको प्राप्त रकमसमेत थपेर प्रतिष्ठानले ६ महीनासम्म दिने विज्ञप्तिमा उल्लेख छ । 
उनले संघले माग गरेअनुसार रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकको लागि रकम उपलब्ध गराई तत्काल सम्बोधन गर्न माग गरिएको बताए । यी मागहरु सम्बोधन नभए कर्मचारी कटौती र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने संघले भनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी