×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुम्ला पाँचवटा गाउँपालिकाबाट ४१८ जनाको स्वाब संकलन, परीक्षणका लागि जुम्ला लगियो

LAXMI SUNRISE BANK
GLOBAL

हुम्ला पाँचवटा गाउँपालिकाबाट ४१८ जनाको स्वाब संकलन, परीक्षणका लागि जुम्ला लगियो

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिमकोट । हुम्लामा कोरोना भाइरसको संक्रमण भए–नभएको थाहा पाउन गरिने परीक्षणका लागि स्वाब संकलनको जिम्मा पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४१८ जनाको स्वाब जुम्ला लगेको छ । जिल्लाका विभिन्न गाउँपालिकाबाट संकलन गरिएका स्वाब हेलिकप्टरमा जुम्ला लगिएको हो ।
प्रतिष्ठानले हुम्लाका पाँचवटा गाउँपालिका मध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ४१, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको छ । संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी