
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट उत्पन्न परिस्थितिका कारण व्यवसायीको वित्तीय विवरण बिग्रन सक्ने भन्दै चार्टर्ड एकाउन्टेन्टहरुले ध्यान दिनुपर्ने धारणा राखेका छन् । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको वेविनारमा आफ्नो धारणा राख्दै उनले संकटको बेला चार्टर्ड एकाउन्टेन्टले व्यावसायिक धर्म बिर्सन नहुने बताएका हुन्।

‘अहिलेको जस्तो अवस्थामा निजी क्षेत्रको वासलात बिग्रिन सक्छ’ उनले भने, ‘वासलात बिग्रने डर छ भनेर चार्टर्ड एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन’ उनले भने। तत्काल लकडाउन खुकुलो पार्ने स्थिति नरहेको बताउंदै उनलेबैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताएका छन् । ‘निक्षेपकर्तालाई मारेर तरलता व्यवस्थापन कसरी हुन सक्छ र ? केन्द्रीय बैंकले यो छुट र त्यो छुट दिनुपर्यो भन्ने कुरा गर्दा हामीले खोजेका सबल वित्तीय व्यवस्था कसरी होलार ?’ कन्फेरेन्सका क्रममा उनले भने । खतिवडाले ऋण तिर्ने क्षमता भएका व्यवसायीले समयमै आफ्ना काम गर्नुपर्नेसमेत स्पष्ट पारेका छन् ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोरोना भाइरसले सार्वजनिक वित्त व्यवस्थापनमा चुनौती थपेको बताएका छन्। बाह्य सहयोग पनि अपेक्षाअनुसार नआउन सक्ने भएकाले चुनौती बढेको उल्लेख गर्दै अध्यक्ष आचार्यले कोरोना भाइरसको प्रभाव बढेका कारण रेमिट्यान्स घट्ने र त्यसको असर भुक्तानी सन्तुलनमा पर्ने बताए। आचार्यले संकटको अवस्थामा वित्तीय क्षेत्रमा जोखिम बढ्ने भएकाले राजस्व चुहावट हुन सक्ने हुँदा चनाखो हुनुपर्नेसमेत उल्लेख गरे । साना तथा मझौला उद्योगलाई बचाउन उपयुक्त सुझावको जरुरीपर्ने भएकाले लेखापरीक्षकहरुले उचित परामर्श दिन सक्ने उनको भनाइ थियो।

लकडाउनको समयमा आइक्यानले यसअघि पनि आफ्ना सदस्यहरुसँग वेविनारका रुपमा छलफल गरेको थियो । कोरोना प्रकोपका कारण देशभर भएको लकडाउनका बाबजुत पनि आइक्यान अध्यक्ष आचार्यको नेतृत्वमा थुप्रै उल्लेखनीय काम भइरहेको छ । उनले विद्यार्थीका लागि अनलाइन कक्षाको व्यवस्थासमेत गरिदिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्