
- अर्थ सरोकार सम्बाददाता
इलाम । नेपालको पूर्वी सीमा नाका पशुपतिनगरबाट ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका सात तथा चितवन र काठमाडौंका १र१ जना पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।
उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै आरडिटी गर्दा आठजनाको रिपोर्ट पोजिटिभ देखिएको छ। रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सूर्योदय नगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा कोरोना फोकल पर्सन पेमा उगेन लामाले जानकारी दिए ।
‘पोजिटिभ रिपोर्ट आएकाहरूको सोमबार स्वाब नमुना लिएर पिसिआर परीक्षणका लागि पठाइने छ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट नै रहेका तेह्रथुमका युवकको समेत पिसिआर परीक्षण गरिनेछ।’ रिपोर्ट नेगेटिभ आएका दोलखाकै ५८ जनालाई गृह जिल्ला पठाइएको छ । अन्य जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको लामाले बताए । सोमबार पनि यो नाका भएर युवाहरू आउने तयारीमा रहेको उनले जनाए ।
नगरसँग आरडिटी किट ३५ थान मात्रै रहेकाले थप किट ल्याउन पहल भइरहेको लामाले बताए। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४०० जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्