×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलामको शुक्रबारे बजारमा भिषण आगलागी : ३ घर जलेर नष्ट, ७० लाख बराबरको क्षति !

PRIME CA
GLOBAL IME BANK

इलामको शुक्रबारे बजारमा भिषण आगलागी : ३ घर जलेर नष्ट, ७० लाख बराबरको क्षति !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ईलाम –  इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिव ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घर पुर्ण रुपमा क्षति पुगेको छ। 
कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको नामसालिङ प्रहरी चौकी  इन्चार्ज टेकराज गिरीले जानकारी दिएका छन् । यस्तै घरमा रहेको २ वटा मध्ये एउटा ग्यासको सिलिन्डर विष्फोट भएको थियो । आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडाको पसलमा  क्षति पुगेको छ।  
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो विहान करिव ५ः४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार आगलागीबाट घर पुर्ण रुपमा क्षति भएको पिडित परिवारलाई ५० हजार र लत्ता कपडा आज नै राहत स्वरुप प्रदान गरिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: