×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : आईएमई जनरल इन्स्योरेन्सको नाफा बढ्यो, प्रति सेयर आम्दानी १४ रुपैयाँ ०२ पैसा हुँदा अन्य सूचक कस्ता ?

PRIME CA
GLOBAL IME BANK

Q3 Report : आईएमई जनरल इन्स्योरेन्सको नाफा बढ्यो, प्रति सेयर आम्दानी १४ रुपैयाँ ०२ पैसा हुँदा अन्य सूचक कस्ता ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकर सम्बाददाता 
काठमाडौँ – आईएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.३५% ले बढी हो । गत वर्षको सोहि अवधिमा कम्लेपनी १० करोड २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रकाशित विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क ८.२१%ले घटेको छ कम्पनीको खुद बीमा शुल्क २ करोड २४ लाख रुपैयाँले घटेर ३६ करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको कम्पनीले ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्बीमा कमिशन वापत १२ करोड ९ लाख, लगानी कर्जा तथा अन्य आयवाट ३ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एक अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २ हजार ६२३ कुल दाबी वापत ३२ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ८ दाबी वापत ६४ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीले ७३ हजार ३३० वटा बीमालेख जारी गरी ९९ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ८ हजार ११९ वटा बीमालेख नवीकरण भएका छन् । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ०२ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २४.७५ गुणा बढी रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: