×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, एकैदिन ६ हजारमा संक्रमण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, एकैदिन ६ हजारमा संक्रमण

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्य ४ हजार नाघेको छ । सोमबार १ सय ४८ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ हजार नाघेको छ । भारतमा सोमबार एकै दिन ६ हजार जनामा संक्रमण देखिएको छ । टाइम्स अफ इन्डियाका अनुसार हाल भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय ४५ रहेको छ भने ४ हजार २१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमित भएका मध्ये ५७ हजार ७ सय २१ जना निको भएका छन् । 
भारतको महाराष्ट्र राज्य सबै भन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्र ५० हजार बढी संक्रमित छन् भने १६ सय बढीको मृत्यु भईसकेको छ । महाराष्ट्रपछि सबै भन्दा धेरै मृत्यु गुजरातमा भएको छ । गुजरातमा ८५८ जनाको मृत्यु भएको छ । भारतले रेल सेवा र अन्तरिक हवाई सेवा सुरु गरेसंगे चहलपहल बढेर संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी