
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाभाइरसबाट ४ हजार २१३ संक्रमित भएका छन् । एकैदिन यति धेरै संक्रमित भएको भारतमा यो पहिलोपटक हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। जसमा ४४ हजार २९ संक्रमितको उपचार भइरहेको छ भने २० हजार ९१६ जना उपचारपछि घर फर्किएका छन् । भारतको सरकारी आँकडा अनुसार आइतबार रातिसम्म भारतमा कोरोनाबाट २ हजार २०६ जनाको ज्यान गइसकेको छ।
भारतमा कोरोनाबाट महाराष्ट्र बढी प्रभावित छ। त्यहाँ हालसम्म २२ हजार १७१ जना संक्रमित भइसकेका छन् । तीमध्ये ८३२ जनाको ज्यान गइसकेको छ । त्यसपछि गुजारातमा ८ हजार १९४ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४९३ जनाले ज्यान गुमाएका छन् । तमिलनाडुमा ७ हजार २०४ र दिल्लीमा ६ हजार ९२३ संक्रमित भएका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्