×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, महाराष्ट्रमा मात्रै २० हजार बढी संक्रमित (अपडेट)

LAXMI SUNRISE BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, महाराष्ट्रमा मात्रै २० हजार बढी संक्रमित (अपडेट)

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरना भाइरसका कारण दुई हजार १०९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालय अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९३९ पुगेको छ । भारतमा कोरोनाको प्रभाव सबै बढी महाराष्ट्रमा परेको छ । 
महाराष्ट्रमा २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
गुजरातमा अहिलेसम्म सात हजार सात सय ९६ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४७२ पुगेको छ । मध्यप्रदेशमा अहिलेसम तीन हजार ६१४ जना संक्रमित हुँदा दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।
यस्तै पश्चिम बंगालमा अहिलेसम्म एक हजार ७८६ जना संक्रमित भइसकेका छन् भने एक सय ७१ जना मानिसको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार ३७३ जना संक्रमित भेटिँदा ७४ जनाको मृत्यु भएकोृ छ । बिहारमा अहिलेसम्म पाँच सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँचजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १९ हजार ३५८ संक्रमित निको भएर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी