
काठमाडौं । भारतको मुम्बईस्थित एक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)संक्रमित आमाहरूबाट एक सयभन्दा धेरै बच्चाको जन्म भएको छ । मुम्बइको कोभिड अस्पताल लोकमान्य तीलक म्युनिसिपल हस्पिटलमा गत महिना जन्मिएका १ सय १५ मध्ये तीनजनामा सुरुमा कोरोना भाइरको संक्रमण देखिएको थियो । तर, उनीहरु पछि निको भएका थिए । अन्य दुई संक्रमित गर्भवती महिलाको बच्चा जन्मिनुभन्दा पहिला नै मृत्यु भएको थियो ।
अहिलेसम्म मुम्बईमा २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८४० जनाको मृत्यु भइसकेको छ । भारतको कोरोना भाइरस महामारीको केन्द्र बनेको मुम्बईमा कोरोना संक्रमित आमाबाट जन्मिएका बच्चाहरुको स्वास्थ्य अवस्था भने राम्रो रहेको बताइएको छ ।
अहिले उक्त अस्पतालमा ६५ डाक्टरहरु र दुई दर्जन नर्सहरुले संक्रमित आमाहरुको उपचार गरिरहेका छन् । पछिल्लो समय संक्रमित आमाहरुको संख्या बढेसँगै अस्पतालले आफ्नो क्षमता पनि बढाएका छन् । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्