
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – छिमेकी राज्य भारतमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको छ। भारतमा कोरोना संक्रमितका संख्या ९० हजार नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ३ हजार ९७० नयाँ संक्रमित भेटिएका छन् । यो समेत गरेर भारतमा अहिलेसम्म ९० हजार ९२७ जनामा कोरोनाभाइरसको संक्रमण रहेको छ ।
भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । पहिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ३ को मृत्य भएको छ । कुल संक्रमितमध्ये करिब ३४ हजार १०९ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्