
- अर्थ सरोकार सम्बाददाता
नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ४४ जना संक्रमित फेला परेका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९ सय ८० जना पुगेको छ ।
हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६ सय ३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २ सय ९६ पुगेको छ भने ५ सय २१ जनाको मृत्यु भएको छ ।
गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २ सय ६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १ सय २२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २ सय ५६ जनाको उपचार गरिएको छ ।
त्यसैगरी मध्यप्रदेशमा २ हजार ८ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६ सय २४ जना ठीक भएका र १ सय ५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४ सय ८७ जनामा कोरोना देखिएकामा ६ सय ८९ जना निको भएका छन् । भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्