×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमित संख्या १ लाख १२ हजार नाघ्यो, ४५ हजार बढी निको भए

PRIME CA
GLOBAL IME BANK

भारतमा कोरोना संक्रमित संख्या १ लाख १२ हजार नाघ्यो, ४५ हजार बढी निको भए

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेकी देश भारतमा दिन प्रति दिन कोरोना संक्रमित बढ्दै गइरहेको छ ।  भारतको स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएर  १ लाख १२ हजार तीन सय ५९ जना पुगेको छ ।  
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १३२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४५ हजार ३ सय जना निको भएर घर फर्केका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार २९७ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३९० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म १३ हजार १९१ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८७ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार ५३७ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७४९ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ७३५ संक्रमित फेला परेका छन् । यो राज्यमा २६७ जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा तीन हजार १०३ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५३ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार १७५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२७ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ६७४ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: