×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा संक्रमित संख्या एक लाख नाघ्यो, दिनमै चार हजार नौ सय ७० जना नयाँ संक्रमित फेला

LAXMI SUNRISE BANK

कोरोना अपडेट : भारतमा संक्रमित संख्या एक लाख नाघ्यो, दिनमै चार हजार नौ सय ७० जना नयाँ संक्रमित फेला

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेसंगै एक लाख एक हजार एक सय ३९ जना पुगेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार एक सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ३४ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ ।
गुजरातमा अहिलेसम्म ११ हजार सात सय ४५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ९४ पुगेको छ ।
त्यस्तै तमिलनाडुमा अहिलेसम्म ११ हजार सात सय ६० जनामा संक्रमण देखिँदा ८१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार दुई सय ३६ पुगेको छ । यो राज्यमा दुई सय ५२ जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा दुई हजार आठ सय २५ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या दुई सय ४४ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ६ सय पाँच पुगेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट एक सय १८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार तीन सय ९१ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा ३९ हजार एक सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी