×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : यस्तो छ भारतको पछिल्लो अवस्था…

LAXMI SUNRISE BANK

कोरोना अपडेट : यस्तो छ भारतको पछिल्लो अवस्था…

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार ३ सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या पनि एक लाख ६ हजार सात सय ५० पुगको छ भने पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार ६ सय ११ नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म भारतमा ४२ हजार दुई सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । 
यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार १४० संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७१९ पुगेको छ । 
मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४६५ संक्रमित फेला परेका छन् । यो राज्यमा २५८ जनाको मृत्यु भइसकेको छ । भारतको पश्चिम बंगालमा दुई हजार ९६१ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५० पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ९२६ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२३ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ४९८ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी