
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट पाइने भएको छ । सरकारले नेपाल दुरसञ्चार कम्पनी लिमिटेडलाइ लकडाउन अवधिभर इन्टरनेट र डाटा प्याकेजमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको हो । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले पनि निजी कम्पनीहरुलाई सोही अनुसार छुट दिन व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यस्तै कोरोना भाइरसका कारण चैत्र ११ गतेदेखि देश लकडाउनमा छ । सोही कारणले सरकारले विद्युत महसुलमा पनि छुट दिने निर्णय गरेको छ । सरकारले विद्युत प्राधिकरणलाई १५० युनिटसम्म विद्युत उपभोग गर्नेलाइ २५ प्रतिशत छुट र २५० युनिट उपभोग गर्नेलाइ १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ । सरकारले डिमान्ड शुल्क छुट वा सहुलियत दिन प्राधिकरणलाई आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
खानेपानी, विद्युत, टेलिफोन तथा इन्टरनेटको शुल्क फागुनदेखि जेठ महिनासम्मको महसुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब शुल्कमा लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने व्यवस्था मिलाउन सरकारले सम्बन्धित निकायलाई भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्