×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजरायलका लागि चिनियाँ राजदूत डू वेई मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इजरायलका लागि चिनियाँ राजदूत डू वेई मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

Artha Sarokar

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन ।
उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए । वेईले यसअघि युक्रेनको लागि चिनियाँ राजदूतको रुपमा काम गरेका थिए । वेईको श्रीमती र एक छोरा छन् । तर, उनीहरु इजरायलमा नरहेको बताइएको छ । उनी तेल अभिभ नजिकै हज्र्लियामा बस्दै आएका थिए । इजरायलको विदेश मन्त्रालयले यो समाचारको पुष्टि गर्दै अहिले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी