काठमाडौँ – इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सक्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् ।
उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले भ्याक्सिन तयार गर्नमा सफलता हासिल गरेको छ । यो महामारीसँग लड्न मिललाई पत्थर सावित हुनेछ । बेनेट सोमबार इन्टिच्यूट पूगेका थिए ।
रक्षामन्त्री बेनेटले भने- आईआईबीआरका शोधकर्ताले कोरोनाको एन्टिबडी विकसित गरेका हुन् । यो एन्टिबडी मोनोक्लोनल तरिकाबाट भाइरसमाथि हमला गर्दछ र त्यसलाई शरीरभित्रै मार्नमा सक्षम छ । भ्याक्सिन विकासको चरण अब पूरा भएको छ ।
बेनेटले भने, ‘एन्टिबडी फर्मूलाको पेटेन्ट गरिँदैछ । यसपछि अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक स्तरमा यसको उत्पादनको लागि सम्पर्क गरिनेछ । हामीलाई यो सफलताको लागि इन्टिच्यूटका कर्मचारीप्रति गर्व छ ।’
तर उनले यो भ्याक्सिनको परीक्षण मानवमा भयो कि भएन भनेर स्पष्ट पारेका छैनन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्