- अर्थ सरोकार सम्बाददाता
इटहरी । कोरोना संक्रमण भेटिएपछि इटहरी वडा नम्बर २ लाई सिल गरिने भएकाे छ । आज इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा समितिको बैठकले संक्रमण देखिएकाे वडा शिल गर्ने निणर्य गरेको हो ।
इटहरी उपमहानगरका अन्य २० वटै वडामा थप सुरक्षा कर्मी थपि कडा निगरानी गर्ने समेत बैठकले निर्णय गरेको छ । मंगलबार एकै दिन इटहरी २ वडाका १८ वर्षीय युवा तथा भारत र सुनसरीको सिमानामा पर्ने कुसाहका एक सुरक्षाकर्मी संक्रमण देखिएको हो । भने साेमबार सुनसरीका एक जनामा सक्रमण पुष्टि भएकाे थियाे । याे संगै सुनसरीमा संक्रमितकाे संख्या तिन पुगेकाे छ ।