×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोटमा कोरोना प्रभावित ठाउँबाट आएका २६७ जनाको कोरोना परिक्षण, कस्तो आयो रिपोर्ट ?

PRIME CA

जाजरकोटमा कोरोना प्रभावित ठाउँबाट आएका २६७ जनाको कोरोना परिक्षण, कस्तो आयो रिपोर्ट ?

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा गरिएको यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणबाट २६७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिका, नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट २६७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार नलगाड नगरपालिकामा ४३, बारेकोट गाउँपालिकामा ५५, भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा २४ र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो ।
भारत, खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरूकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए। अन्य परीक्षणका लागि प्रदेशबाट किट मागेको र आउनेबित्तिकै जाजकोटमा करिब ५०० स्थानीयवासीको नमूना जाँच हुने उनलेले बताए।
कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले ¥यापिड टेस्ट किटमार्फत कोरोनाको सङ्क्रमण भए/नभएको पत्ता लगाउन शुरु गरेको छ । ¥यापिड टेस्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिनेछ । परीक्षणका लागि प्रदेश सरकारले ३०० ¥यापिड टेस्ट किट पठाएको छ । प्रतिपालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली शङ्कास्पद खोज्दै गाउँ पुगेका छन् ।
त्यस्तै छिमेकी जिल्ला डोल्पामा कोरोना भाइरस द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परीक्षण स्थानीय तहबाट शुरु गरिने भएको हो । कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डा। सिजन रावलले जानकारी दिए। उनले स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको परीक्षण गर्न निर्देशन दिएको बताए । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: