×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार अस्पतालबाट भागेका संक्रमित स्वाब संकलनपछि पनि यसरी भागेका थिए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार अस्पतालबाट भागेका संक्रमित स्वाब संकलनपछि पनि यसरी भागेका थिए…

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनधपुरधाम । आइतबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन कक्षबाट भागेका कोरोना संक्रमित व्यक्ति यसअघि पनि अस्पतालबाट भागेको पाइएको छ । सर्लाहीका उनि यसअघि स्वाब संकलन गर्दा पनि भागेको पाइएको हो । 
उनमा वैशाख ३१ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा राखिएको थियो । वैशाखको तेस्रो साता धनुषाको धनुषाधाममा फेला परेका ४५ बर्षीय यी पुरुषलाई जनकपुरधाम ल्याइएको थियो ।
जनकपुरधाममा परीक्षणमा नेगेटिभ देखिए पनि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाउँदा पोजेटिभ आएको थियो । पोजेटिभ देखिएपछि उनलाई सर्लाहीस्थित घरबाटै ल्याएर आइसोलेसनमा भर्ना गरिएको थियो । उनि मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी