
- अर्थ सरोकार सम्बाददाता
दमक । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।
भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको आज बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।
यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो । विर्तामोड नगरपालिकाले कोरोना भाइसकको सङ्क्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्