×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित फेला

PRIME CA

Breaking : झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित फेला

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा ११ जनालाई कोरोना संक्रमण देखिएको हो । 
मन्त्रालयका अनुसार मंगलबार कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । साेमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: