
भद्रपुर । झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसो ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो।
भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्वारेनटाइनमा लगेर राख्न थालेको छ। क्वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसमध्ये मंगलबार १, बुधबार ९ र बिहीबार बिहान १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दिउँसो फेरि ८ जनामा कोरानो देखिएको थियो ।
पथरिया माविको क्वारेनटाइनमा बसेका ३३ जनामध्ये १० जनालाई कोरोना देखिएको हो । १० जनालाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । अरूलाई २३ जनालाई त्यही राखिएको छ । बिहीबार देखा परेका सङ्क्रमित लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनमा बसेका मध्येबाट पुष्टि भएको हो ।
त्यहाँबाट एक महिलासहित ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको ३० जनाको रिपोर्ट पहिलो चरणमा आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । अरू ३५ जनाको रिपोर्ट आउन बाँकी छ। बिहीबार संक्रमण देखिएका १५ मध्ये वडा नम्बर ३ का ९ जना, वडा नम्बर ४ का १० जना र वडा नम्बर ६ का एक जना रहेका छन् । वडा न ५ मा ३ जना थपिएका हुन् । उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका हुन्। उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन् ।
प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयले गाउँपालिकामा देखापरेका थप ८ जनाको आधिकारी घोषणा गर्न भने बाँकी छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७७ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्