Skip to content
LAXMI SUNRISE BANK

इक्विटी कम्पनीले रिलायन्स जियोमा लगानी गर्दै, १.१५ प्रतिशत सेयर खरीद गर्ने

अर्थ सरोकार

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो प्राइभेट इक्विटी कम्पनी सिल्भर लेकले भारतको रिलायन्स जियो प्लेटफर्ममा सेयर लगानी गर्ने भएको छ । सिल्भर लेकले जियोको १.१५ प्रतिशत सेयर खरीद गर्ने भएको हो ।सेयर खरीद गरेवापत सिल्भर लेकले ७५ करोड डलर जियोमा हाल्ने छ। यो डिलसँगै रिलायन्स इन्डस्ट्रिजको टेलिकम कम्पनी रिलायन्स जियोको कुल मूल्यांकन ४.१५ लाख करोड भारु पुगेको छ। 
सिल्भर लेकको डिल फेसबुकको भन्दा बढीमा भएको छ। सिल्भर लेक टेक्नोलोजीले सन् २०१३ मा पर्सनल कम्प्युटर कम्पनी डेललाई किनेपछि यसको चर्चा सुरु हुन थालेको हो । साढे १२ प्रतिशत प्रिमियममा भएको डिल फेसबुकभन्दा निक्कै आकर्षक रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । टेक्नोलोजीसँग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने सिलसिलामा सिल्भर लेक सन्सारकै दिग्गज कम्पनी हो । यसअन्तर्गतको सम्पत्ति ४३ अर्ब डलर छ। कम्पनीले १०० भन्दा बढी क्षेत्रमा लगानी गरेको छ। बढीजसो लगानी सिलिकन भ्याली, न्यूयोर्क, हङकङ र लन्डनमा छ । 
जियोको लन्च सन् २०१६ मा भएको थियो । तीन वर्षमा यो भारतकै सबैभन्दा ठूलो टेलिकम कम्पनीका रूपमा स्थापित भइसकेको छ। कम्पनीसँग करिब ३४ करोडभन्दा बढी ग्राहक छन्। फेसबुकले जियोमा ५ अर्ब ७० करोड डलर लगानी गरेको छ। एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK