
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा गएका चार लाख भन्दा बढी नेपाली श्रमिक नेपाल फर्किन चाहेको बताएको छ । बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले चार लाख भन्दा बढी नेपाली श्रमिक नेपाल फर्किन चाहेको बताएको हुन् ।
मन्त्रालयका अनुसार विदेशमा चार लाख सात हजार नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन् । तीमध्ये एक लाख २७ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ । उनीहरुमध्ये कसैको भिसाको अवधी सकिएको छ भने कोहीले आममाफी पाएका छन्।
मलेसियाबाट सात हजार, कतारबाट ७५ हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई)बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार पाँच सय र ओमानबाट पाँच सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने मन्त्रालयले जनाएको छ। विभिन्न सात देशमा गएका नेपालीको संख्या १३ लाख ४८ हजार ८ सय ७२ रहेको छ । जसमा २ लाख ८० हजारले कोरोनाका कारण रोजगारी गुमाएर फर्किने आँकलन मन्त्रलायले गरेको छ।
सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ। यसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्धारका लागि काम गर्ने तयारी गरेको छ । श्रम, परराष्ट्र, गृह, पर्यटन, स्वास्थ्य, सङ्घीय मामिला तथा अन्य विभागको सहभागितामा यस्तो समिति बन्नेछ।
यद्यपि मन्त्रलायले भारतमा रोजगारीमा गएका नेपालीहरुको तथ्यांक भने समेटेको छैन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्