×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराका एक पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाराका एक पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बाराका एक पत्रकारलाई पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयअनुसार बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । प्राप्त जानकारी अनुसार बाराको करैयामाई निवासी उनी पत्रकार रहेको उल्लेख छ । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।
यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी