×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टी !

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कपिलबस्तु । कपिलवस्तुमा दुई पत्रकारमा कोरोना संक्रमणपुष्टी भएको छ । उनीहरुमा आज (शुक्रबार) संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका दुईजनामध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् ।
एक जना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् भने अर्का एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले जनाकारी दिए । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
यसअघि बारा, उदयपुर, धनुषालगायत स्थानका पत्रकारमा पनि कोरोना संक्रमण देखिएको थियो ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: