- अर्थ सरोकार सम्बाददाता
जुम्ला । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जुम्लामा गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए ।
निश्चित प्रयोजनका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जनाकारी दिए ।