
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । दैलेखका एक युवाको क्वारेन्टाइनमै कोरोनाका कारण मृत्यु भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आजबिहानै त्यसतर्फ प्रस्थान गरेको छ । प्रतिष्ठानले डाक्टरद्वय दिनेश शाही, डा.रोज्निम प्रधान र जनस्वास्थ्य विज्ञत्रय प्रेम पन्त, निशान्त लामा, प्रतिमा न्यौपानेसहितको टोली दैलेख प्रस्थान गरेको हो ।
शनिबार दुल्लु नगरपालिका ७ पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको थियो । घटनापछि सो क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्