×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लामा पिसिआर प्रविधिबाट कोरोना परिक्षण, आठजनाको रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जुम्लामा पिसिआर प्रविधिबाट कोरोना परिक्षण, आठजनाको रिपोर्ट नेगेटिभ

Artha Sarokar

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर प्रविधिबाट कोभिड–१९ को जाँच गर्दा आठजनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा सो प्रविधिबाट पहिलोपटक कोरोना जाँच सोमबारदेखि शुरुआत भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।
आठजनाको स्वाब परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिए । उनका अनुसार मुगु खत्याडका एकजना सहित तातोपानी गाउँपालिकाका सातजनाको स्वाब परीक्षण गरिएको थियो ।
अस्पतालमा सो प्रविधि ल्याइएपछि यहाँ कोरोना परीक्षण गर्न सहज भएको छ । पहिलोे पटक २०० किट पुगेपछि सो जाँचको परीक्षणको काम शुरु भएको थियो । अगामी शनिबारसम्म पुग्ने गरी एक हजार किट प्रतिष्ठानले माग गरेको छ । किट उपलब्ध हुनेबित्तिकै जिल्ला बाहिरबाट भित्रिएका सबैको स्वाब परीक्षण हुने जनाइएको छ । 
जुम्ला, मुगु र कालीकोटबाट पनि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानले गरेको छ । यो प्रविधिले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको छ । कर्णाली प्रदेश सरकारले पनि तत्कालीन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरी कार्यक्षेत्र निर्धारण गरेको छ । 
आजदेखि नेपालगञ्ज र भारतदेखि जुम्ला भित्रिएकाहरुको स्वाब परीक्षण गरिने प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । अस्पतालमा पिसिआर प्रविधिबाट स्वाब परीक्षण कार्य सफल भएपछि स्थानीय उत्साहित छन् । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमण भेटिएको छैन । रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी