
- अर्थ सरोकार सम्बाददाता
जुम्ला । जुम्लामा आठ सय ४९ जनाको कोरोना परिक्षण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार जिल्लाका आठ सय ४९ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको हो । प्रतिष्ठानको प्रयोगशालाका प्रमुख विवेक पुन मगरले आठ सय ४९ जनाकै स्वाब परीक्षण रिपोर्ट रिपोट नेगेटिभ आएको बताएका छन् । प्रतिष्ठानको टोलीले लकडाउन अवधिमा बाहिरबाट आएकाहरुको स्वाब एकै दिनमा संकलन गरेको थियो ।
सबैको रिपोट नेगेटिभ आएको र कोरोना प्रतिकार्यका लागि थप योजना बनाएर काम गर्न लागिएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावलले बताएका हुन् । लकडाउन अवधिमा भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट आएकाहरू सबैको रिपोट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने महसुस भएको चिकित्सकहरूले बताएका छन् । प्रतिष्ठानले बाहिर जिल्लाबाट आएकाहरु र शंका लागेका व्यक्तिहरुको कोरोना भए/नभएको थाहा पाउन स्वाब संकलन गर्न थालेको छ । कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्